News Portal

असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

हिमाली संचार संवाददाता
६८२ पटक

रबिन्द्र बराल/मोरङ : आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् ।

गाउँगाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना बिरामीको उद्धार गरे । उनले बेलबारी नगरपालिका–४ बाट तीन जना बिरामीलाई घरैमा एम्वुलेन्स पठाएर नोबेल अस्पताल ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । आर्थिक अभावका कारण उपचारमा समस्या बेहोर्दै आएकी बेलबारी–४ हिमाली चौककी ७२ बर्षिया सम्झना लिम्बुलाई डा.शर्माले उद्धार गरेर नोबेल अस्पतालमा निःशुल्क उपचार गराईरहेका छन् ।

उपचारका लागि करिव ३ लाख खर्च गरिसकेर पनि अझै ठिक नभएपछि उनी थप उपचार गर्ने पैसा अभावमा लामो समयदेखि थला परेर बसेकी थिईन् । उपचार गर्न नसक्दा पेट पनि सुन्निएर उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी श्रीमतिलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएको भन्दै उनका श्रीमान दिलप्रसाद चेम्जोङले खुःशी व्यक्त गरे । ‘हामी जस्ता गरिवलाई हेर्ने पनि मान्छे रहेछन् ।’ हर्षित हुँदै ८२ बर्षिय दिलप्रसादले भने ‘सुनिल शर्माको साच्चै ठुलो दिल रहेछ ।’

नेपाली कांग्रेस बेलवारीको सक्रियतामा उनलाई उद्धार गरिएको हो । लिम्बुलाई उद्धारका क्रममा पुगेका कांग्रेस नेता राजकुमार लिम्बुले सरकारलेसमेत गर्न नसकेको काम डा.शर्माले गरिरहेको भन्दै उनी गरिब र असहायका लागि भगवान सरह रहेको बताए । यता कांग्रेस बेलबारीका सचिव राजेश खत्रीले शर्माको सेवा भावको प्रशंसा गरे । बिरामी लिम्बुलाई उद्धार गर्नुअघि कांग्रेसका क्षेत्रीय सदस्य राजेन्द्र अधिकारी, बेलबारी–४ का संयोजक डम्बर बस्नेत, सक्रिय सदस्य चन्द्र लिम्बु लगायत पनि उनको घरैमा पुगेका थिए ।

आर्थिक अभावले उपचार गर्न नसकेर समस्यामा परेका तीन जना बिरामीलाई पनि केहि दिन अघि डा.शर्माले सोहि वडाबाट उद्धार गरेर निःशुल्क उपचार गराईरहेका छन् । सामाजिक सेवामा लागिपरेका डा.शर्माले यसअघि पनि धेरै गरिव तथा बिपन्न बिरामीलाई उद्धार गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...