News Portal

नेपाल–जापानको आयात–निर्यात सम्बन्ध विस्तार हुँदै : प्रधानमन्त्री ओली

नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध आर्थिक तथा व्यापारिक क्षेत्रमा समेत विस्तार हुँदै गएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

संगीता गुरुङ
४४४ पटक

काठमाडौं, फागुन १६ – नेपाल र जापानबीचको सम्बन्ध व्यापारिक तथा आर्थिक क्षेत्रमा समेत विस्तार भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

बालुवाटारमा शुक्रबार जापानी प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले दुई देशबीचको सरकारस्तरीय र जनस्तरीय सम्बन्ध अझ मजबुत बन्दै गएको उल्लेख गरे। उनले नेपालको फापर जापान निर्यात हुन थालेको तथा जापानबाट गोल्डेन ट्राउट माछा नेपाल भित्रिएको जानकारी गराउँदै व्यापारिक सहकार्यमा नयाँ आयामहरू थपिँदै गएको बताए।

“हाम्रो सम्बन्ध गाढा मित्रतामा आधारित छ। अब यसलाई आर्थिक क्षेत्रमा पनि विस्तार गर्न आवश्यक छ,” प्रधानमन्त्री ओलीले भने। उनले जापानले युद्धपछिको पुनर्निर्माण र विकासको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै नेपालसमेत शान्ति र समृद्धिको मार्गमा अघि बढ्न तत्पर रहेको बताए।

नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५, लिडएक्स नेपाल र फोर्थ ल्भि को सहकार्यमा फागुन १४ देखि १६ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...