News Portal

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

नेपालको न्याय क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।

संगीता गुरुङ
१४० पटक

फाल्गुन १६, काठमाडौं – नेपालको न्याय क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी श्रेष्ठको उपचारका क्रममा आज बिहान महाराजगन्जस्थित प्रहरी अस्पतालमा निधन भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार उनी केही समयदेखि अस्पतालमै उपचाररत थिइन्।

श्रेष्ठको अन्त्येष्टि शुक्रबार अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा गर्ने तयारी गरिएको छ।

२०२३ सालमा भूमि सुधार विशेष अदालतको न्यायाधीशका रूपमा नियुक्त हुँदै न्याय सेवामा प्रवेश गरेकी श्रेष्ठले नेपालको न्याय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन्। महिलाका लागि न्यायिक क्षेत्रमा मार्गप्रशस्त गर्ने व्यक्तित्वका रूपमा उनको नाम सधैं सम्झना गरिनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...