आज : २०२६-०६-१३, शनिबार

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

फाल्गुन १६, काठमाडौं – नेपालको न्याय क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी श्रेष्ठको उपचारका क्रममा आज बिहान महाराजगन्जस्थित प्रहरी अस्पतालमा निधन भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेका अनुसार उनी केही समयदेखि अस्पतालमै उपचाररत थिइन्।

श्रेष्ठको अन्त्येष्टि शुक्रबार अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा गर्ने तयारी गरिएको छ।

२०२३ सालमा भूमि सुधार विशेष अदालतको न्यायाधीशका रूपमा नियुक्त हुँदै न्याय सेवामा प्रवेश गरेकी श्रेष्ठले नेपालको न्याय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन्। महिलाका लागि न्यायिक क्षेत्रमा मार्गप्रशस्त गर्ने व्यक्तित्वका रूपमा उनको नाम सधैं सम्झना गरिनेछ।