News Portal

सिन्धुपाल्चोक भूकम्प: सामान्य भौतिक क्षति

भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन भने केही भौतिक संरचनामा सामान्य क्षति पुगेको छ।

संगीता गुरुङ
१८८ पटक

फाल्गुन १६, सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २:५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन भने केही भौतिक संरचनामा सामान्य क्षति पुगेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार अहिलेसम्म मानवीय क्षतिको सूचना प्राप्त नभए पनि जिल्ला कारागार कार्यालयमा दुई जना बन्दी भाग्ने क्रममा घाइते भएका छन्। अन्य क्षतिको विस्तृत विवरण संकलन गर्न सुरक्षा निकायहरू परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी उमाशंकर प्रसाद यादवले पनि क्षतिको यकिन विवरण प्राप्त नभएको बताए। स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकहरू घरबाहिर निस्किएको जानकारी दिएका छन्।

भोटेकोशी गाउँपालिका-२ की वडासदस्य सुनिता श्रेष्ठका अनुसार भूकम्पका कारण केही पर्खाल भत्किएको छ। “रातिको समय भएकाले मानिसहरू घरबाहिर निस्कनुभएको थियो, तर मानवीय वा ठूलो भौतिक क्षतिको खबर आएको छैन,” उनले भनिन्।

यस भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...