News Portal

सिन्धुपाल्चोक भूकम्प: सामान्य भौतिक क्षति

भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन भने केही भौतिक संरचनामा सामान्य क्षति पुगेको छ।

संगीता गुरुङ
२८३ पटक

फाल्गुन १६, सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २:५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन भने केही भौतिक संरचनामा सामान्य क्षति पुगेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार अहिलेसम्म मानवीय क्षतिको सूचना प्राप्त नभए पनि जिल्ला कारागार कार्यालयमा दुई जना बन्दी भाग्ने क्रममा घाइते भएका छन्। अन्य क्षतिको विस्तृत विवरण संकलन गर्न सुरक्षा निकायहरू परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी उमाशंकर प्रसाद यादवले पनि क्षतिको यकिन विवरण प्राप्त नभएको बताए। स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकहरू घरबाहिर निस्किएको जानकारी दिएका छन्।

भोटेकोशी गाउँपालिका-२ की वडासदस्य सुनिता श्रेष्ठका अनुसार भूकम्पका कारण केही पर्खाल भत्किएको छ। “रातिको समय भएकाले मानिसहरू घरबाहिर निस्कनुभएको थियो, तर मानवीय वा ठूलो भौतिक क्षतिको खबर आएको छैन,” उनले भनिन्।

यस भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...