News Portal

पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियता: लुम्बिनी र मधेस भ्रमणको तयारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता बढाउँदै लगेको संकेत दिँदै लुम्बिनी र मधेस प्रदेशको भ्रमण गर्ने तयारीमा छन्।

संगीता गुरुङ
२२७ पटक

फाल्गुन १५, काठमाडौँ – पूर्वराष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता बढाउँदै लगेको संकेत देखिएको छ। एमालेका नेताहरूसँग निरन्तर संवादमा रहँदै आएकी भण्डारी अब लुम्बिनी र मधेस प्रदेशको भ्रमण गर्ने तयारीमा छन्।

२०७९ फागुन २९ मा राष्ट्रपति पदबाट बाहिरिएपछि केही समय सार्वजनिक रूपमा कम देखिएकी भण्डारीले हालै पोखरा र कोशी प्रदेशमा विभिन्न राजनीतिक भेटघाट गरेकी थिइन्। एमालेका केन्द्रीय तथा प्रदेश नेताहरूसँगको संवादपछि अब उनी लुम्बिनी र मधेस प्रदेश जाने तयारीमा रहेको उनका सहयोगी राजकुमार राईले जानकारी दिएका छन्।

भण्डारीले पुसमा पोखरामा आयोजित ‘फेवा संवाद’ कार्यक्रममा सहभागी हुँदै एमालेका नेताहरूसँग छलफल गरेकी थिइन्। त्यसपछि कोशी प्रदेश भ्रमणका क्रममा उनले इटहरीमा विभिन्न नेतासँग भेटघाट गरिन्। यी गतिविधिलाई एमालेका नेताहरूले राजनीतिक पुनर्सक्रियताको संकेतका रूपमा लिएका छन्।

हालसम्म भण्डारीले आफू प्रत्यक्ष रूपमा पार्टी राजनीतिमा फर्कने वा नफर्कने निर्णय सार्वजनिक रूपमा बताएकी छैनन्। तर, उनले आफू एक राजनीतिक व्यक्ति भएकाले सम्भावनाहरू खुला रहेको जनाएकी छन्।

कोशी भ्रमणपछि भण्डारी अब लुम्बिनी र मधेस प्रदेश जान लागेकी छन्। यद्यपि, भ्रमणको मिति अझै टुंगो लाग्न बाँकी रहेको उनका सहयोगीले बताएका छन्। उनी यी प्रदेशहरूमा हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने बताइएको छ।

एमालेका नेताहरूले भने भण्डारीको पछिल्लो सक्रियतालाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक घटनाक्रमको संकेतका रूपमा हेरेका छन्। एमाले नेता कृष्ण दाहालका अनुसार पार्टीभित्र नीति तथा कार्यशैलीका केही चुनौतीहरू देखिएकाले भण्डारीको सक्रियता महत्वपूर्ण हुन सक्छ।

भण्डारीको सक्रियतासँगै मदन भण्डारी फाउन्डेसनका गतिविधिहरू पनि तीव्र बनेका छन्। यस संस्थाले मदन भण्डारीका विचार र सिद्धान्तबारे छलफल तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हाल फाउन्डेसनका विभिन्न जिल्लाहरूमा भेला तथा सम्मेलनहरूको तयारी भइरहेको छ।

फाउन्डेसनको अध्यक्ष नेकपा (एमाले) बाट नियुक्त गरिने परम्परा रहेको छ। हाल यसको नेतृत्व उषाकिरण भण्डारीले सम्हालेकी छन्, जो विद्या भण्डारीकी छोरी हुन्।

भण्डारीको पछिल्लो सक्रियता एमालेभित्रको शक्ति सन्तुलनमा कस्तो असर पार्नेछ भन्ने विषयमा चासो बढेको छ। उनको आगमी भ्रमणहरू र राजनीतिक भेटघाटहरूले नेपाली राजनीतिमा नयाँ बहसको सिर्जना गर्न सक्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...