News Portal

सुकेधारामा शंकास्पद अवस्थामा शव फेला, अनुसन्धान जारी

काठमाडौंको सुकेधारा नजिक धोबीखोला करिडोर क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ।

संगीता गुरुङ
१९६ पटक

काठमाडौं – काठमाडौंको सुकेधारा नजिक धोबीखोला करिडोर क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ।

बुधबार राति धनवन्तरी फुटसल परिसर नजिकै ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि महाराजगञ्ज प्रहरी वृत्तको टोली तत्कालै घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा शव भेटिएको अवस्थालाई शंकास्पद मान्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनाको विस्तृत अध्ययन गरिरहेको छ। कार्यालयका एक अधिकृतका अनुसार, मृतक राईको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ। यस्तै, प्रहरीले घटनास्थल नजिकको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धानलाई अघि बढाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार, मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुनेछ। हाल घटनाको गहिरो अध्ययन भइरहेको र दोषी पत्ता लगाउन सबै आवश्यक प्रक्रिया अपनाइने प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...