News Portal

सुकेधारामा शंकास्पद अवस्थामा शव फेला, अनुसन्धान जारी

काठमाडौंको सुकेधारा नजिक धोबीखोला करिडोर क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ।

संगीता गुरुङ
२९४ पटक

काठमाडौं – काठमाडौंको सुकेधारा नजिक धोबीखोला करिडोर क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ।

बुधबार राति धनवन्तरी फुटसल परिसर नजिकै ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि महाराजगञ्ज प्रहरी वृत्तको टोली तत्कालै घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा शव भेटिएको अवस्थालाई शंकास्पद मान्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनाको विस्तृत अध्ययन गरिरहेको छ। कार्यालयका एक अधिकृतका अनुसार, मृतक राईको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ। यस्तै, प्रहरीले घटनास्थल नजिकको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धानलाई अघि बढाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार, मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुनेछ। हाल घटनाको गहिरो अध्ययन भइरहेको र दोषी पत्ता लगाउन सबै आवश्यक प्रक्रिया अपनाइने प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...