News Portal

हलिउडका दिग्गज जीन ह्याकम्यान, पत्नी र कुकुर शंकास्पद परिस्थितिमा मृत

हलिउडका प्रतिष्ठित अभिनेता जीन ह्याकम्यान, उनकी पत्नी बेट्सी न्यु र कुकुर मेक्सिकोस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
२८४ पटक

फाल्गुन १५, लस एञ्जलस – हलिउडका प्रतिष्ठित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका छन्। ९५ वर्षका जीन ह्याकम्यान र उनकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले हलिउडमा शोकको लहर फैलाएको छ। प्रहरी स्रोतका अनुसार, घटनास्थलमा दम्पतीको शवको साथै उनीहरूको कुकुर पनि मृत अवस्था पाइएको छ र यसको कारणको अनुसन्धान भइरहेको छ।

सान्ता फे प्रहरीले ‘द सन’सँग पुष्टि गर्दै भनेका छन् कि जीन ह्याकम्यान र उनकी पत्नीका शवसँगै कुकुरको शव पनि भेटिएको हो।

जीन ह्याकम्यान, जो दुई ओस्कार र दुई बाफ्टा अवार्ड विजेता कलाकार हुन्, २००४ मा डाक्टरको स्वास्थ्य सल्लाहपछि ७४ वर्षको उमेरमा अभिनयबाट अवकाश लिएका थिए। उनको निधनले हलिउड र उनका अनगिन्ती फ्यानहरूलाई गहिरो दुःख र शोकको अवस्थामा पुर्याएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...