News Portal

गोरखामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा शिक्षक पक्राउ

गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२३९ पटक

गोरखा, १३ फागुन – गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड नगरपालिका–८ निवासी ३५ वर्षीय कमलबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा बोहराविरुद्ध मुद्दा दर्ता गरिएको हो। जाहेरी अनुसार, उनले गत पुस महिनादेखि पटक–पटक बालिकालाई जबरजस्ती करणी गर्दै आएका थिए। विशेष गरी, माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।

गोरखा जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार, ७ फागुनमा पक्राउ परेका बोहरामाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...