News Portal

रोल्पामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित धुम्कामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

संगीता गुरुङ
२९५ पटक

दाङ, फागुन १३ – रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित धुम्कामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

४० वर्षे खिमबहादुर बुढा मगरले आफ्नी ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो। मंगलबार बिहान आपसी विवादका कारण खुकुरी प्रयोग गरेको जानकारी प्राप्त भएको छ।

स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय होलेरीको टोली घटनास्थलमा पुगेर खिमबहादुरलाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले हत्या आरोपितलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...