News Portal

रोल्पामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित धुम्कामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

संगीता गुरुङ
२४५ पटक

दाङ, फागुन १३ – रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित धुम्कामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

४० वर्षे खिमबहादुर बुढा मगरले आफ्नी ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो। मंगलबार बिहान आपसी विवादका कारण खुकुरी प्रयोग गरेको जानकारी प्राप्त भएको छ।

स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय होलेरीको टोली घटनास्थलमा पुगेर खिमबहादुरलाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले हत्या आरोपितलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...