News Portal

पाटन फेस्ट २०२५’ मा चार चर्चित ब्यान्डको प्रस्तुति

नेपाल रोयल मल्टिप्रपोज प्रालिले एकल रूपमा आयोजना गर्ने यस सांगीतिक महोत्सवमा चार चर्चित ब्यान्डले प्रस्तुति दिनेछन्।

संगीता गुरुङ
२७६ पटक

फाल्गुन १२, काठमाडौं – ललितपुरको च्यासल स्टेडियममा आउँदो चैत्र २३ गते ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ। नेपाल रोयल मल्टिप्रपोज प्रालिले एकल रूपमा आयोजना गर्ने यस सांगीतिक महोत्सवमा चार चर्चित ब्यान्डले प्रस्तुति दिनेछन्।

कार्यक्रमका लागि एक ब्यान्डको छनोट भइसकेको छ। चर्चित ब्यान्ड ‘जोन एन्ड द लोकल्स’ ले पाटन फेस्टमा आफ्नो प्रस्तुति दिने तय भएको छ। गायक जोन चाम्लिङ राईको नेतृत्वमा रहेको यो ब्यान्ड ‘हावा जस्तै’, ‘के गरौँ’ र ‘निहिती’ जस्ता लोकप्रिय गीतका लागि परिचित छ। अन्य तीन ब्यान्डको नाम छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

फेस्टिभलमा सहभागी हुन चाहने दर्शकहरूले रु. ६००, रु. १००० र रु. १२०० को टिकट खरिद गर्न सक्नेछन्। विशेष टेबल बुकिङको लागि रु. ३०,००० देखि ६०,००० सम्मको शुल्क तोकिएको छ। दर्शकहरूले ‘खल्ती’ एपमार्फत टिकट काट्न सक्नेछन्।

कार्यक्रमलाई थप आकर्षक बनाउन २० वटा खानाका स्टलहरू राखिनेछ। साथै, अत्याधुनिक प्रविधिसहितको साउन्ड सिस्टम प्रयोग गरिने भएकाले दर्शकहरूले उच्च गुणस्तरीय संगीतको अनुभव लिन सक्नेछन्।

आयोजकले यस फेस्टिभलले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ। करिब ८ देखि १० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको यो कार्यक्रम ललितपुरका संगीतप्रेमीहरूका लागि विशेष अवसर बन्नेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...