News Portal

  • प्यूठानमा दम्पतीको हत्या, घन प्रहारबाट ज्यान लिएको पुष्टि

    प्यूठानको माण्डवी गाउँपालिका-२, रातमाटेमा एक दम्पतीको हत्या घन प्रहार गरेर गरिएको खुलासा भएको छ।

    संगीता गुरुङ
    १३७ पटक

    फाल्गुन ११, दाङ – प्यूठानको माण्डवी गाउँपालिका-२, रातमाटेमा एक दम्पतीको हत्या घन प्रहार गरेर गरिएको खुलासा भएको छ।

    शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको टाउको र शरीरभरि गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

    प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार हत्यामा प्रयोग गरिएको घन घटनास्थलभन्दा करिब ५० मिटर पर रगत लागेको अवस्थामा फेला परेको छ।

    शनिबार दिउँसो १२ बजेसम्म पनि ढोका नखुलेपछि छिमेकीहरूले बोलाउन खोज्दा कुनै प्रतिक्रिया नआएपछि ढोकाबाट चिहाएर हेर्दा उनीहरू मृत अवस्थामा फेला परेका थिए।

    घटनाको अनुसन्धानलाई तीव्र बनाउन भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको छ भने शंकास्पद व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    परियार दम्पतीका चार छोरा भारतमा बस्छन् भने दुई छोरीको विवाह भई दाङमा बसोबास गरिरहेका छन्।

    प्रहरीले हत्याको कारणबारे गहिरो अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुमानअनुसार, व्यक्तिगत रिसइवी वा पारिवारिक विवाद हत्या पछाडिको सम्भावित कारण हुन सक्छ। तर, यकिन प्रमाण नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ।

    स्थानीयहरूमा त्रास फैलिएको र हत्यामा संलग्न व्यक्तिहरूको खोजीलाई तीव्र पारिएको प्रहरी स्रोतले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको र दोषी पहिचान भएलगत्तै कानुनी कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...