News Portal

बेलायतमा मौसमी रोजगारको प्रलोभन, ठगी गर्ने गिरोह सक्रिय

बेलायतमा मौसमी रोजगारी (सिजनल वर्कर) को प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय भएको छ।

संगीता गुरुङ
२२१ पटक

फाल्गुन ११, काठमाडौं – बेलायतमा मौसमी रोजगारी (सिजनल वर्कर) को प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय भएको छ। सामाजिक सञ्जाल र फोन कलमार्फत आकर्षक अवसरको आश्वासन दिँदै व्यक्तिहरूसँग आर्थिक ठगी गर्ने गिरोहहरूको सक्रियता बढेको पाइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा वैदेशिक रोजगार विभागमा यस सम्बन्धी गुनासाहरू बढ्दै गएपछि विभागले सावधानी अपनाउन आग्रह गरेको छ।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार सरकारले बेलायतमा मौसमी कामदार पठाउने कुनै आधिकारिक निर्णय गरिसकेको छैन। उनले कुनै पनि संस्था वा व्यक्तिसँग रकम कारोबार नगर्न अनुरोध गर्दै गैरकानुनी बाटो अपनाएर विदेश जान नसोच्न सचेत गराएका छन्।

वैदेशिक रोजगारीका नाममा भइरहेका ठगी गतिविधिहरूलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूले आवश्यक कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ। विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै ठगीको सिकार हुन नदिन सतर्कता अपनाउन सुझाव दिएको छ।

 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...