News Portal

हुलाकी सडकको माई पुल नबन्दा सर्वसाधारणलाई सास्ती

हुलाकी सडकको माई पुल नबन्दा सर्वसाधारणलाई सास्ती भोग्नु परिरहेको छ।

रबिन्द्र बराल
१८४ पटक

फाल्गुन ११, झापा – नेपाल सरकारले हुलाकी सडकलाई प्राथमिकताका साथ निर्माण सुरु गरे तापनि झापाको माई खोलाको पुल भने अहिलेसम्म सम्पन्न हुन सकेको छैन। हुलाकी सडकको अधिकांश भागमा कालोपत्रे भइसके तापनि गौरीगन्जदेखि चन्द्रगढीसम्म रहेको कनकाई पुल भने १३ वर्षदेखि अधुरै रहेको छ। पुलको काम १३ वर्षदेखि अलपत्र परेपछि ठेकेदारहरू भागे, जसका कारण स्थानीयहरू वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोला तारेर आवतजावत गर्न बाध्य छन्।

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कनकाई माई नदीको पुलको काम मात्र ५० प्रतिशत पूरा भएको छ। सरकारले कडाइ गर्न नसक्दा र निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पटक–पटक म्याद थप भए तापनि हालसम्म निर्माणकार्य सम्पन्न भएको छैन। नेपाल सरकारले पाँच पटक म्याद थपे तापनि अझै काम अगाडि बढ्न सकेको छैन।

७ सय मिटर लामो उक्त पुलको निर्माणकार्य २०६८ जेठ ३१ गते सुरु गरिएको थियो। पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का पाएको उक्त पुल २०७२ जेठ २९ गतेसम्म सम्पन्न गर्ने लक्ष्य थियो। पुल निर्माणका लागि ३४ करोड नौ लाख रुपैयाँको सम्झौता गरिएको थियो।

हाल पुल निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले खोला तर्न बाँसको पुल प्रयोग गर्नुपरेको छ। मोटरसाइकलसहित यात्रा गर्दा दैनिक १०० रुपैयाँ तिर्नुपर्ने र साइकल यात्रुहरूले ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको छ। स्थानीयहरूका अनुसार सरकारको कमजोरीका कारण वर्षौंदेखि आफूहरूले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...