News Portal

भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नलिन्चोकमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

संगीता गुरुङ
१७१ पटक

फाल्गुन ९, काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नलिन्चोकमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सोही क्रममा बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको अर्को मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो, जसमा तीन जना घाइते भएका थिए।

दुर्घटनामा रामेछापको सुनापाती गाउँपालिका–४ निवासी, हाल भक्तपुर पाण्डुबजार बस्दै आएका २१ वर्षीय तिम्बा दोर्जे तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि इवामुरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति करिब पौने ९ बजे मृत घोषणा गरे। प्रहरीका अनुसार उनको निधारमा गम्भीर चोट लागेको थियो।

यस दुर्घटनामा भक्तपुरको सूर्यविनायक नगरपालिका–९, काँक्राबारीका २४ वर्षीय साजन तामाङ र रामेछापको मन्थली नगरपालिका–११ निवासी, हाल काभ्रेको पनौती बस्दै आएका ३९ वर्षीय टिकाराम श्रेष्ठ घाइते भएका छन्। श्रेष्ठलाई उपचारपछि डिस्चार्ज गरिएको छ भने तामाङलाई थप उपचारका लागि मध्यपुर अस्पताल, ठिमी पठाइएको छ।

यसैबीच, दुर्घटनामा संलग्न बसका चालक, काभ्रेको पनौती नगरपालिका–७ निवासी ५२ वर्षीय पुरुषोत्तम फाची श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...