News Portal

भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नलिन्चोकमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

संगीता गुरुङ
२३२ पटक

फाल्गुन ९, काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नलिन्चोकमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सोही क्रममा बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको अर्को मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो, जसमा तीन जना घाइते भएका थिए।

दुर्घटनामा रामेछापको सुनापाती गाउँपालिका–४ निवासी, हाल भक्तपुर पाण्डुबजार बस्दै आएका २१ वर्षीय तिम्बा दोर्जे तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि इवामुरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति करिब पौने ९ बजे मृत घोषणा गरे। प्रहरीका अनुसार उनको निधारमा गम्भीर चोट लागेको थियो।

यस दुर्घटनामा भक्तपुरको सूर्यविनायक नगरपालिका–९, काँक्राबारीका २४ वर्षीय साजन तामाङ र रामेछापको मन्थली नगरपालिका–११ निवासी, हाल काभ्रेको पनौती बस्दै आएका ३९ वर्षीय टिकाराम श्रेष्ठ घाइते भएका छन्। श्रेष्ठलाई उपचारपछि डिस्चार्ज गरिएको छ भने तामाङलाई थप उपचारका लागि मध्यपुर अस्पताल, ठिमी पठाइएको छ।

यसैबीच, दुर्घटनामा संलग्न बसका चालक, काभ्रेको पनौती नगरपालिका–७ निवासी ५२ वर्षीय पुरुषोत्तम फाची श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...