News Portal

रुपन्देहीमा महिलाको शव फेला, हत्याको आशंका

रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा एक महिलाको शव फेला परेको छ।

संगीता गुरुङ
२७९ पटक

फाल्गुन ८, रुपन्देही – रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान दाङ लमही नगरपालिका–७ की ४५ वर्षीया संगिता चौधरीको रूपमा गरिएको छ।

प्रहरीका अनुसार चौधरीको शव सडक किनारमा परालले छोपिएको अवस्थामा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोमा ढुंगाले प्रहार गरिएको देखिएकोले हत्या गरिएको हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए।

स्थानीय बासिन्दाले बिहीबार बिहान करिब ११:३० बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका दोषीको पहिचान हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...