News Portal

हमासले चार इसरायली बन्धकको शव फिर्ता गर्ने

इस्लामिक समूह हमासले गजामा मृत्यु भएका चार इसरायली बन्धकको शव आज इसराइललाई फिर्ता गर्ने तयारी गरेको छ।

संगीता गुरुङ
२४४ पटक

फागुन ८, गाजा – इस्लामिक समूह हमासले गजामा मृत्यु भएका चार इसरायली बन्धकको शव आज इसराइललाई फिर्ता गर्ने तयारी गरेको छ।

इसराइली समाचार संस्था टाइम्स अफ इसराइल का अनुसार आज साँझभित्र हमासले यी शवहरू इसराइली पक्षलाई बुझाउनेछ। मृतकहरूको नाम इसराइललाई बुधबार नै जानकारी गराइएको थियो।

फिर्ता गरिन लागेका शवहरूमा ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल, झन्डै २ वर्षका छोरा केफिर र ८४ वर्षीय ओडेड लिफसिथ रहेका छन्।

हमासले केफिरलाई बन्धक बनाउँदा उनी मात्र ९ महिनाका थिए। उनको सम्झनामा गुलाबी खेलौना हात्ती समातेर खिचिएको तस्वीर विभिन्न स्थानहरूमा देखाइएको छ।

यस घटनाप्रति इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गहिरो दुःख व्यक्त गरेका छन्। “यो इसराइलका लागि अत्यन्त पीडादायी क्षण हो। यस कठिन घडीमा हामी शोकमा परेका परिवारहरूसँग ऐक्यबद्ध छौं,” उनले भने।

यसअघि हमासले गत शनिबारसम्म २४ जना जीवित बन्धकहरूलाई रिहा गरेको थियो। आउँदो शनिबार थप ६ जना बन्धकहरूलाई मुक्त गर्ने योजना रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...