News Portal

हमासले चार इसरायली बन्धकको शव फिर्ता गर्ने

इस्लामिक समूह हमासले गजामा मृत्यु भएका चार इसरायली बन्धकको शव आज इसराइललाई फिर्ता गर्ने तयारी गरेको छ।

संगीता गुरुङ
१९४ पटक

फागुन ८, गाजा – इस्लामिक समूह हमासले गजामा मृत्यु भएका चार इसरायली बन्धकको शव आज इसराइललाई फिर्ता गर्ने तयारी गरेको छ।

इसराइली समाचार संस्था टाइम्स अफ इसराइल का अनुसार आज साँझभित्र हमासले यी शवहरू इसराइली पक्षलाई बुझाउनेछ। मृतकहरूको नाम इसराइललाई बुधबार नै जानकारी गराइएको थियो।

फिर्ता गरिन लागेका शवहरूमा ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल, झन्डै २ वर्षका छोरा केफिर र ८४ वर्षीय ओडेड लिफसिथ रहेका छन्।

हमासले केफिरलाई बन्धक बनाउँदा उनी मात्र ९ महिनाका थिए। उनको सम्झनामा गुलाबी खेलौना हात्ती समातेर खिचिएको तस्वीर विभिन्न स्थानहरूमा देखाइएको छ।

यस घटनाप्रति इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गहिरो दुःख व्यक्त गरेका छन्। “यो इसराइलका लागि अत्यन्त पीडादायी क्षण हो। यस कठिन घडीमा हामी शोकमा परेका परिवारहरूसँग ऐक्यबद्ध छौं,” उनले भने।

यसअघि हमासले गत शनिबारसम्म २४ जना जीवित बन्धकहरूलाई रिहा गरेको थियो। आउँदो शनिबार थप ६ जना बन्धकहरूलाई मुक्त गर्ने योजना रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...