News Portal

आजदेखि काठमाडौंका सात स्थानमा एकतर्फी सडक व्यवस्था लागू

काठमाडौंको ट्राफिक व्यवस्थापनलाई थप सुसंगत बनाउन ७ स्थानका प्रमुख सडकहरू आजदेखि एकतर्फी (वान-वे) बनाइएका छन्।

संगीता गुरुङ
२३६ पटक

काठमाडौं, ७ फागुन – काठमाडौंको ट्राफिक व्यवस्थापनलाई थप सुसंगत बनाउन ७ स्थानका प्रमुख सडकहरू आजदेखि एकतर्फी (वान-वे) बनाइएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक सूचना जारी गर्दै यी सडकहरूलाई एकतर्फी बनाएको जानकारी दिएको छ।

यस निर्णयसँगै निम्नलिखित सडकहरूमा परिवर्तन गरिएका छन्:

१. का.म.न.पा. वडा नं.५ अन्तर्गत थटु मार्गबाट वडा नं.५ कार्यालयतर्फ (भीमसेन मार्ग र हात्ती महाँकाल मार्ग) मात्र सवारी साधनहरूको आवागमन हुनेछ।

२. विशालनगरबाट आउने सवारीलाई भिमसेन मार्ग मार्फत वडा नं.५ कार्यालयतर्फ जान निषेध गरिनेछ र उनीहरूलाई हात्ती महाँकाल तर्फ मात्र जाने व्यवस्था गरिएको छ।

३. हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सवारीहरूको प्रवेश निषेध गरि थटु मार्गतर्फ पठाइनेछ।

४. नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनलाई वडा नं.५ कार्यालयबाट थटु मार्गतर्फ प्रवेश गर्न निषेध गरिएको छ र ती सवारीहरूलाई भिमसेन मार्गतर्फ पठाइनेछ।

५. ढुङ्गेधाराबाट हात्ती महाँकाल तर्फ गाडीहरूको प्रवेश निषेध गरिनेछ।

६. वडा नं.५ को कार्यालयको दक्षिणतर्फबाट गहना पोखरी तर्फ सवारीहरूको आवागमन बन्द गरिएको छ।

७. बालमन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फ मात्र गाडीहरू प्रवेश गर्न पाउने छन् र टंगालबाट आवागमन निषेध गरिनेछ।

यस परिवर्तनले काठमाडौंको सडक यातायातलाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...