News Portal

  • मुस्लिम संघको प्रश्न : कम्युनिष्ट सरकारमा मुस्लिममाथि किन श्रृङ्खलावद्ध आक्रमण हुन्छ ?

    हिमाली संचार संवाददाता
    ६०८ पटक

    सुनसरी : नेपाल मुस्लिम संघले कम्युनिष्ट नेतृत्वको सरकार गठन भएपछि मुस्लिम समुदायमाथि श्रृङ्खलावद्ध ढंगबाट आक्रमण हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जनताको जीउधनको सुरक्षा गर्न नसकेकोले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ।

    सुनसरीको दुहबीमा फेदा हुसेनको मंसीर ५ गते गोली हानी हत्या गरिएको घटनाप्रति निन्दा गर्दै संघले सुरक्षाका सवालमा गृहमन्त्री रामबहादुर थापा पूर्णतः असफल भएको ठहर गरेको छ। उसले भनेको छ,‘यस्तो अबस्थामा गृहमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनु पर्दछ।

    संघका तर्फबाट अध्यक्ष अब्दुल सत्तारले बिहीबार एक बिज्ञप्ति जारी गर्दै भनेका छन्‘ नेपालमा जब जब कम्युनिष्ट नेतृत्वको सरकार गठन हुन्छ, त्यसपछि मुस्लिम सुमदायमाथि आक्रमण हुने गरेको छ।’ यस किसिमका घटनाप्रति कत्ति पनि गम्भीर नदेखिनुले कम्युनिष्ट सरकारप्रति मुस्लिम समुदाय थप सशंकित भइरहेको बिज्ञप्तिमा उल्लेख छ।

    नेपाली काँग्रेस लगायत विभिन्न राजनीतिक दलमा आवद्ध मुस्लिम अगुवामात्र होइन, आमजनता समेत जीउ ज्यानको सुरक्षाप्रति चिन्तित भई आन्दोलनमा उत्रिएपछि दुहवी नगरपालिका तनावग्रस्त हुँदा समेत सरकार गम्भीर नभएको सत्तारले बताएका छन्।

    संघले घटनाका सम्बन्धमा अविलम्ब छानवीन समिति गठन गरी दोषी पत्ता लगाएर कडाभन्दा कडा कारवाही गर्न, मृतकलाई शहिद घोषणा गरी परिवारजनलाई क्षतिपूर्ति दिन, नेपाल विद्युत प्राधिकरणमा हुसेनको परिवारका एकजना सदस्यलाई स्थायी सरकारी जागिरको व्यवस्था गर्न तथा देशभरका मुस्लिम समुदायको जिउ ज्यानको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...