News Portal

पोखरामा बेलुन विस्फोट: भारतीय नागरिक पक्राउ

पोखरामा भएको बेलुन विस्फोट घटनामा संलग्न रहेको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन्।

संगीता गुरुङ
३३९ पटक

७ फागुन, पोखरा – पोखरामा भएको बेलुन विस्फोट घटनामा संलग्न रहेको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक कमलेशकुमार हुन्।

प्रहरीका अनुसार ३ फागुनमा पोखरामा आयोजित ‘भ्रमण वर्ष २०२५’ को उद्घाटन समारोहका लागि प्रयोग गरिएका बेलुन उनै कमलेशकुमारले बेचेका थिए। ती बेलुनहरू हाइड्रोजन ग्यासले भरिएका थिए। समारोहको क्रममा बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट निस्किएको झिल्को लाग्दा बेलुन विस्फोट भएको थियो।

विस्फोटका कारण अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। दुबै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। अर्थमन्त्री पौडेललाई अस्पतालले डिस्चार्ज गरिसकेको छ भने मेयर आचार्यको उपचार जारी छ।

यस घटनाबारे थप अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा एक छानबिन समिति गठन गरिएको छ। तर, पक्राउ परेका कमलेशकुमारमाथि कुन कानुनी कारबाही अघि बढाइने भन्ने विषयमा प्रहरी अन्योलमा रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...