News Portal

चन्दा उठाउँदै गर्दा पक्राउ परे नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) का कार्यकर्ता

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा चन्दा उठाइरहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) को कार्यकर्ता भएका एक जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२७३ पटक

काठमाडौं, फागुन ७ – काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा चन्दा उठाइरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन्।

प्रहरीका अनुसार, राई नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) को कार्यकर्ता भएको दाबी गर्दै विभिन्न स्थानमा चन्दा संकलन गरिरहेका थिए। मंगलबार अपराह्न ४:३० बजे उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जाँचका क्रममा उनको साथबाट सोही पार्टीको लेटरप्याड, चन्दा सहयोग माग गरिएको पत्र, पर्चा, स्टाम्प, प्रेस विज्ञप्ति तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (विद्रोही) को सहयोग रसिद बरामद भएको छ।

प्रहरी अभिलेखअनुसार, राई यसअघि पनि हातहतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थ तथा डाँका चोरीसम्बन्धी अभियोगमा अनुसन्धानको दायरामा परिसकेका व्यक्ति हुन्।

हाल उनलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...