News Portal

चन्दा उठाउँदै गर्दा पक्राउ परे नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) का कार्यकर्ता

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा चन्दा उठाइरहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) को कार्यकर्ता भएका एक जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२२९ पटक

काठमाडौं, फागुन ७ – काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा चन्दा उठाइरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन्।

प्रहरीका अनुसार, राई नेपाल कम्युनिस्ट पार्टी (विद्रोही) को कार्यकर्ता भएको दाबी गर्दै विभिन्न स्थानमा चन्दा संकलन गरिरहेका थिए। मंगलबार अपराह्न ४:३० बजे उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जाँचका क्रममा उनको साथबाट सोही पार्टीको लेटरप्याड, चन्दा सहयोग माग गरिएको पत्र, पर्चा, स्टाम्प, प्रेस विज्ञप्ति तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (विद्रोही) को सहयोग रसिद बरामद भएको छ।

प्रहरी अभिलेखअनुसार, राई यसअघि पनि हातहतियार खरखजना, बैंकिङ कसुर, विष्फोटक पदार्थ तथा डाँका चोरीसम्बन्धी अभियोगमा अनुसन्धानको दायरामा परिसकेका व्यक्ति हुन्।

हाल उनलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...