News Portal

केआईआईटी कलेजले नेपाली विद्यार्थीप्रति दुर्व्यवहारको घटनामा माफी मागे

भारतको ओडिसामा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीप्रति गरेको दुर्व्यवहार र रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि माफी मागेको छ।

संगीता गुरुङ
२५९ पटक

फाल्गुन ६, भारत – ओडिसामा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीप्रति गरेको दुर्व्यवहार र रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि माफी मागेको छ। कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गर्दै उक्त घटनामा दुख व्यक्त गर्दै नेपाली विद्यार्थीप्रति गरेको असमर्थ र गैरजिम्मेवार व्यवहारको लागि माफी मागेका छन्।

उपकुलपतिले भने, “हामी नेपाली विद्यार्थीप्रति भएको दुर्व्यवहार र कलेजका कर्मचारीहरूको अनुचित व्यवहारप्रति गहिरो दुःख व्यक्त गर्दै माफी चाहन्छौं। हामी सबै विद्यार्थीलाई समान माया र सम्मान गर्छौं, चाहे ती भारतका हुन् वा नेपालका।”

साथै, कलेजले नेपाली विद्यार्थीलाई कक्षामा सहभागी हुनको लागि अनुरोध गरेको छ। कलेजले नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट निकाल्ने काममा संलग्न १४०० विद्यार्थीहरूको अपमानजनक टिप्पणी गर्ने कर्मचारीहरूलाई कारबाही गरेको पनि जानकारी दिएको छ।

यसअघि, कलेजले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुई सुरक्षाकर्मीलाई बर्खास्त गर्दै दुई वार्डेन र एक प्रशासनिक अधिकारीलाई निलम्बन गरेको थियो। कलेजले यस घटनामा थप अनुसन्धान गर्दै छ र नेपाली विद्यार्थीहरूको क्याम्पसमा सुरक्षित पुनःआवागमनको लागि कन्ट्रोल रुम सञ्चालन गरेको पनि जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...