News Portal

ओडिसामा अलपत्र नेपाली विद्यार्थीहरूका लागि दूतावासको पहल

ओडिसामा अलपत्र नेपाली विद्यार्थीहरूका लागि दूतावासको पहल जारी छ।

संगीता गुरुङ
१८९ पटक

काठमाडौं, फागुन ६ – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थीहरू कलेज फर्किन अस्वीकार गरेपछि उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न दिल्लीस्थित नेपाली दूतावासका दुई अधिकारी ओडिसा गएका छन्।

गत आइतबार कलेजको होस्टलमा रूपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेपछि घटनालाई शंकास्पद भन्दै नेपाली विद्यार्थीहरूले छानबिनको माग गरेका थिए। विरोधमा उत्रिएका विद्यार्थीहरूलाई कलेज प्रशासनले होस्टलबाट निकालेर विभिन्न रेल्वे स्टेसन, बसपार्क र विमानस्थलमा छाडेको थियो।

विद्यार्थीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको जनाएपछि उनीहरूलाई समन्वय गर्न र कलेज फर्काउन काउन्सिलर (एसएसपी) सञ्जिव शर्मा दास र नवीन अधिकारी ओडिसा पुगेका हुन्। उनीहरूले विद्यार्थीहरूसँग भेटघाट गरी अवस्था बुझ्नेछन्।

कलेज प्रशासनले विद्यार्थीहरूसँग माफी माग्दै होस्टल फर्कन आग्रह गरे पनि विद्यार्थीहरूले परिस्थिति स्पष्ट नभएसम्म फर्किन अस्वीकार गरेका छन्। केही विद्यार्थीहरू नेपाल फर्किसकेका छन् भने बाँकी विद्यार्थीहरू होटेलमा बसिरहेका छन्।

मृतक प्रकृति लम्सालको शव ओडिसाको अस्पतालमा राखिएको छ। उनका बुवा सुनिल लम्साल घटनास्थलमा पुगेका छन् र मंगलबार पोस्टमार्टम गर्ने तयारी छ। घटनामा संलग्न रहेको आशंकामा प्रकृतिकी सहपाठी एडविक श्रीवास्तवलाई पक्राउ गरिएको छ।

नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि दूतावासले हटलाइन ‌+९१८९२९६०१९२५ समेत सार्वजनिक गरेको छ। कुनै पनि समस्या परेमा सो नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

यो घटनाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भएको छ। दूतावासले भारतीय प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...