आज : २०२६-०७-२८, मङ्गलबार

सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौं, फागुन ५ – आज सोमबार सुनचाँदीको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको भाउ १ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला १५ रुपैयाँले महँगो हुँदै १ हजार ९ सय ७० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको थियो।