News Portal

बूढानीलकण्ठमा घर चोरी गरेको आरोपमा ६ जना पक्राउ

बूढानीलकण्ठ नगरपालिका–७ पानचोकमा भएको घर चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२५५ पटक

४ फागुन, काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–७ पानचोकमा भएको घर चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ निवासी अशोक तामाङ (२६), सरोज तामाङ (२५), समीर तामाङ (२२), पाँचपोखरी–७ का निराजन आचार्य, नवज्योति गुरुङ र हिराबहादुर तामाङ रहेका छन्।

उनीहरूमाथि २० माघको राति करिब ११:४५ बजे पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप लागेको हो। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूबाट चोरीमा प्रयोग गरिएको ११ थान मोबाइल, रड र ५ थान टिभी बरामद गरेको छ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध चोरीको मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...