News Portal

  • मोटरसाइकल दुर्घटनापछि त्रिशूलीमा बेपत्ता भएका चालकको खोजी जारी

    मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ।

    संगीता गुरुङ
    २२१ पटक

    चितवन, २ फागुन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ। दुर्घटनामा परेर नदीमा खसेका व्यक्तिको उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ।

    सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको नेतृत्वमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६ सदस्यीय गोताखोर टोलीले त्रिशूली नदीमा बेपत्ता व्यक्तिको खोजी कार्य गरिरहेको छ।

    बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणगढबाट मुग्लिन तर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि मोटरसाइकलमा सवार व्यक्ति नदीमा खसेका थिए।

    दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बसोबास गर्दै आएका २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र फेला परेको छ। उनी भारतीय सेना (इन्डियन आर्मी) मा कार्यरत रहेको खुलेको छ।

    दुर्घटनापछि मोटरसाइकलमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने...

    डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

    काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू...

    ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५...

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...