News Portal

मोटरसाइकल दुर्घटनापछि त्रिशूलीमा बेपत्ता भएका चालकको खोजी जारी

मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ।

संगीता गुरुङ
३४३ पटक

चितवन, २ फागुन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ। दुर्घटनामा परेर नदीमा खसेका व्यक्तिको उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको नेतृत्वमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६ सदस्यीय गोताखोर टोलीले त्रिशूली नदीमा बेपत्ता व्यक्तिको खोजी कार्य गरिरहेको छ।

बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणगढबाट मुग्लिन तर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि मोटरसाइकलमा सवार व्यक्ति नदीमा खसेका थिए।

दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बसोबास गर्दै आएका २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र फेला परेको छ। उनी भारतीय सेना (इन्डियन आर्मी) मा कार्यरत रहेको खुलेको छ।

दुर्घटनापछि मोटरसाइकलमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...