News Portal

मदिराले लिन्छ मेहतर वस्तीमा पालैपालो ज्यान

हिमाली संचार संवाददाता
६६४ पटक

सप्तरी : राजविराज ६ निवासी शिवनारायण मेहतरको गत असोज २८ गते मृत्यु भयो । उनको मृत्युको कारण थियो अत्यधिक रक्सी सेवन । सरसफाइको काम गरेर परिवारको गुजारा गर्दै आएका मेहतरको ५१ बर्षमै मृत्यु भएको हो ।

सोही ठाउँका प्रदीप मेहतरको शिवनारायणभन्दा केही दिनअघि ज्यान गयो । ५० वर्षका उनको मृत्यु पनि अत्यधिक रक्सी सेवनकै कारण भएको हो । शिबनारायण र प्रदीप मात्र होइन् मेहतर वस्तीमा प्रत्येक बर्ष एकदेखि तीन जनाको मृत्यु रक्सी सेवनका कारण हुने गरेको अनलाइनखबरमा समाचार छ ।

सानै उमेरदेखि रक्सी खाने र दैनिक बिहानदेखि बेलुकासम्म रमाउने पुरुषहरु ५० बर्षभन्दा माथि बाँच्न नसकेको दृष्टान्त गाउँमा रहेको सुनाउँछन् वस्तीका अगुवा मनोज मेहतर ।

‘वस्तीमा ६५/७० बर्षका बृद्वहरु छैनन्’ उनले भने, ‘रक्सी पिएरै कम उमेरमा ज्यान गुमाएपछि वस्तीमा कोहि बृद्व नभइकनै ज्यान गुमाउँछन् ।

घरका मूली नै रक्सी सेवन गर्ने गरेका कारण परिवारका साना बालकहरु पनि रक्सीतर्फ मोहित हुने गरेको मनोज बताउँछन् । ‘रक्सी सेवनले एक्कासी मर्दैनन्’ उनले भने ‘पटक–पटक बिरामी पर्छन् । अस्पताल गएर उपचार गराउँछन् । तर, औषधि सँगसँगै रक्सी सेवनलाई पनि निरन्तरता दिएका कारण नै उनीहरु मृत्युको शैय्यासम्म पुग्छन् ।’

वस्तीको चारैतिर सुरक्षाकर्मी, बीचमा हुन्छ रक्सीको कारोबार राजविराज ६ मा सरसफाइको काम गरेर गुजारा टार्दै आएका मेहतरहरुको करिब सय घरको बसोबास छ । पर्वतिर जिल्ला प्रहरी, उत्तरतिर राजविराज नगर प्रहरीको कार्यालय र दक्षिण, पश्चिमतिर सप्तरी कारागार रहेको छ ।

कारागारमा पनि प्रत्येक प्रहर सुरक्षाकर्मीको रुपमा नेपाल प्रहरी तैनाथ गरिएको हुन्छ । यही बीचमा छ मेहतर समुदायको वस्ती । चारैतिर सुरक्षाकर्मी बसेपनि खुल्ला रक्सीको कारोबार हुन्छ यहाँ । मेहतर समुदायका अगुवा मनोजका अनुसार किराना पसलेहरुले पनि रक्सी बिक्री गरिरहेका कारण जतिखेर पनि सहज रुपमा रक्सी उपलब्ध भइरहेका हुन्छ ।

यो वस्तीको आसपास जुनसुकै पसल थापिए पनि रक्सी अनिवार्य रुपमा बेच्ने गरिएको बताउँछन् स्थानीयहरु रक्सीले वस्ती नै गलत बाटोमा हिंड्न लागेको देखेर आफूहरु जातीय संगठन बनाएरै यसलाई रोक्न लागिपरेको छु’ उनले भने ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले धेरैले घरमै रक्सी बनाउने गरेको बताउँदै भट्टी नष्ट गर्ने र कच्चा पदार्थसमेत नष्ट गरिसकिएको बताए ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...