News Portal

दाङमा करेन्ट लागेर टिपर सहचालकको मृत्यु

तुलसीपुरमा टिपरको त्रिपाल जाँच्ने क्रममा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ।

संगीता गुरुङ
३३२ पटक

फाल्गुन १, दाङ – तुलसीपुरमा टिपरको त्रिपाल जाँच्ने क्रममा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ।

सल्यानको कपुरकोट गाउँपालिका–१ निवासी २१ वर्षीय सबिन घर्तीको बिहीबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार रा १ ख १५६६ नम्बरको टिपरका सहचालक घर्ती बालुवा लिन तुलसीपुर उपमहानगरपालिका–१२ ग्वारखोलास्थित क्रसर उद्योगमा गएका थिए।

टिपरको माथि त्रिपाल छ कि छैन भनेर जाँच्ने क्रममा उनी अगाडिको भागमा चढेका थिए। त्यसबेला गाडी चालु अवस्थामा रहेको र आवश्यक सावधानी नअपनाउँदा माथिबाट गुज्रिएको विद्युत् तारलाई छोएपछि उनलाई करेन्ट लागेको थियो।

घटनापछि घर्ती गम्भीर अवस्थामा जमिनमा लडेका थिए। तुरुन्तै राप्ती प्रादेशिक अस्पताल लगिए पनि उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...