News Portal

दाङमा करेन्ट लागेर टिपर सहचालकको मृत्यु

तुलसीपुरमा टिपरको त्रिपाल जाँच्ने क्रममा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ।

संगीता गुरुङ
२७६ पटक

फाल्गुन १, दाङ – तुलसीपुरमा टिपरको त्रिपाल जाँच्ने क्रममा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ।

सल्यानको कपुरकोट गाउँपालिका–१ निवासी २१ वर्षीय सबिन घर्तीको बिहीबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार रा १ ख १५६६ नम्बरको टिपरका सहचालक घर्ती बालुवा लिन तुलसीपुर उपमहानगरपालिका–१२ ग्वारखोलास्थित क्रसर उद्योगमा गएका थिए।

टिपरको माथि त्रिपाल छ कि छैन भनेर जाँच्ने क्रममा उनी अगाडिको भागमा चढेका थिए। त्यसबेला गाडी चालु अवस्थामा रहेको र आवश्यक सावधानी नअपनाउँदा माथिबाट गुज्रिएको विद्युत् तारलाई छोएपछि उनलाई करेन्ट लागेको थियो।

घटनापछि घर्ती गम्भीर अवस्थामा जमिनमा लडेका थिए। तुरुन्तै राप्ती प्रादेशिक अस्पताल लगिए पनि उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...