News Portal

रूपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ

रूपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दर टोलमा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

संगीता गुरुङ
२९९ पटक

रूपन्देही, फाल्गुन १ – रूपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दर टोलमा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेका हुन्। घटना बुधबार राति करिब १ बजेतिर भएको जनाइएको छ।

प्रहरीका अनुसार सरोजले आक्रोशित भएर आमाको आँखा र हातमा हँसिया प्रहार गरेका थिए। घटनाको समयमा घरमा आमा र छोरा मात्र रहेका थिए। सरोज पार्वतीका कान्छा छोरा हुन् भने उनका जेठा छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।

घटनालगत्तै सरोजलाई नियन्त्रणमा लिई प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...