News Portal

रूपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ

रूपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दर टोलमा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

संगीता गुरुङ
२२० पटक

रूपन्देही, फाल्गुन १ – रूपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दर टोलमा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेका हुन्। घटना बुधबार राति करिब १ बजेतिर भएको जनाइएको छ।

प्रहरीका अनुसार सरोजले आक्रोशित भएर आमाको आँखा र हातमा हँसिया प्रहार गरेका थिए। घटनाको समयमा घरमा आमा र छोरा मात्र रहेका थिए। सरोज पार्वतीका कान्छा छोरा हुन् भने उनका जेठा छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।

घटनालगत्तै सरोजलाई नियन्त्रणमा लिई प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...