News Portal

पिकनिकबाट फर्कंदै गर्दा बस दुर्घटना : सत्य साई एकेडेमी शोकमा

चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थीहरू लिएर पिकनिकबाट फर्किंदै गरेको बस हिजो काठमाडौंको शंखरापुर नगरपालिका–५ मा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

संगीता गुरुङ
३९८ पटक

फाल्गुन १, काठमाडौं – चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थीहरू लिएर पिकनिकबाट फर्किंदै गरेको बस हिजो काठमाडौंको शंखरापुर नगरपालिका–५ मा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

विद्यालयले विद्यार्थीहरूलाई वनभोजको लागि कात्तिकेमा लगेको थियो। रमाइलो यात्रा सकेर फर्कने क्रममा बीच बाटोमा बस दुर्घटनामा परेको हो। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सत्य साई एकेडेमीको वातावरण शोकमय बनेको छ। विद्यालयका प्रिन्सिपल मरिचमान लिम्बु भावविह्वल हुँदै भने, ‘नसोचेको घटना भयो, म केही बोल्न सक्ने अवस्थामा छैन।’ अभिभावकहरूले विद्यालयमा सम्पर्क गर्दै आफ्ना बालबालिकाको अवस्थाबारे जानकारी लिइरहेका छन्।

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले पिकनिक सकेर फर्किंदै गरेको बस दुर्घटनामा परेको पुष्टि गरे। दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन नसकेको भए पनि घटनास्थलको साँघुरो बाटोले दुर्घटनामा भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ का २४ वर्षीय सुरेश तामाङ, र सिन्धुपाल्चोककै १४ वर्षीया शुशांका डोटेल रहेका छन्।

क्रिशल पुरीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेश तामाङको नेपाल मेडिकल कलेजमा, र शुशांका डोटेलको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...