News Portal

मेलम्चीको पाइप फुटेपछि बबरमहल डुबान, खानेपानीमन्त्री स्थल निरीक्षणमा

काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप एक्कासी फुटेपछि उक्त क्षेत्र जलमग्न भएको छ भने निरीक्षण गर्न खानेपानीमन्त्री र काठमाडौं उपत्यका खानेपानी लिमिटेड का सीईओ पुगेका छन्।

संगीता गुरुङ
३४७ पटक

३० माघ, काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप एक्कासी फुटेपछि उक्त क्षेत्र जलमग्न भएको छ। घटना स्थलमा निरीक्षण गर्न खानेपानीमन्त्री प्रदीप यादव काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेलसहित पुगेका छन्।

पाइप फुट्नाका कारणबारे जानकारी लिन मन्त्री यादवले घटनास्थलको अवलोकन गरेका छन्। पाइप फुटेर नजिकैका सरकारी कार्यालय तथा बस्तीहरू डुबानमा परेका छन् भने थापाथलीस्थित प्रसूति गृहमा समेत असर पर्ने देखिएको छ।

स्थिति नियन्त्रणमा लिन काठमाडौं महानगर प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धार कार्यमा सक्रिय छन्। सुरक्षा व्यवस्थाका लागि थप प्रहरी परिचालन गरिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...