News Portal

ठमेलमा प्रहरी कुटपिट : अनेरास्ववियुमाथि बदनाम गर्ने प्रयास भएको आरोप

ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको बदनाम गर्ने षड्यन्त्र गरिएको दाबी गरेको छ।

संगीता गुरुङ
२८२ पटक

काठमाडौं, ३० माघ – ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको बदनाम गर्ने षड्यन्त्र गरिएको दाबी गरेको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालद्वारा जारी विज्ञप्तिमा संगठन सधैं कानुनी राज्यको पक्षमा रहेको उल्लेख गर्दै घटनामा संलग्न जोकोहीमाथि कानुनी कारबाही हुनुपर्ने स्पष्ट पारिएको छ। यद्यपि, घटनालाई अतिरञ्जित गरी सामाजिक सञ्जाल र प्रायोजित समाचारमार्फत अनेरास्ववियुको छवि धमिल्याउने प्रयास भइरहेकोमा घोर आपत्ति जनाइएको छ।

संगठनले निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीममाथि आक्रमण हुँदा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका थिए। आक्रमणपछि प्रहरीको मोटरसाइकल लडाउनुका साथै लौरो समेत फालिएको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई पक्राउ गरेको छ। दुवै जना अमृत साइन्स क्याम्पसमा अध्ययनरत तथा अनेरास्ववियुसँग आबद्ध रहेको पुष्टि भएको छ।

पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ भने घटनामा संलग्न पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। यद्यपि, अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएकोमा चौतर्फी आलोचना भइरहेको छ।

अनेरास्ववियुले घटनालाई राजनीतिक रंग दिने र संगठनको प्रतिष्ठामा आघात पुर्‍याउने प्रयास भएको आरोप लगाउँदै यस्ता गलत प्रचारबाजीको विरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...