News Portal

रुकुम पूर्वमा हजुरआमा र नातिको हत्या गर्ने आरोपी मृत फेला

रुकुम पूर्व, भूमे गाउँपालिका–४ मा हजुरआमा र नातिको हत्या गरी फरार भएका भनिएका व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

समिर कुमार अधिकारी (द्रुपद)
२७२ पटक

रुकुम पूर्व, माघ ३० – भूमे गाउँपालिका–४ मा हजुरआमा र नातिको हत्या गरी फरार भएका भनिएका व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

साकिम गाउँकी ६० वर्षीया ढाटी बुढा र उनका आठ महिनाका नाति समिर बुढाको खुकुरी प्रहार गरी हत्या गरेको आरोप लागेका अन्दाजी ५१ वर्षीय चन्द्रसिंह पुन खुलखुले खोलामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलका अनुसार, हिजो दिउँसो पुनले घरमै पुगेर हजुरआमा र नातिमाथि खुकुरी आक्रमण गरेका थिए। घटनापछि फरार रहेका पुनलाई खोजी गर्ने क्रममा घटनास्थलबाट करिब आधा घण्टा टाढा खुलखुले खोलामा मृत अवस्थामा फेला पारिएको हो। मृतक पुनको टाउकोमा गहिरो चोट देखिएको डीएसपी खरेलले जानकारी दिए।

स्थानीय वडाअध्यक्ष श्यामप्रसाद बुढाका अनुसार, घटनाले गाउँ शोकमग्न बनेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...