News Portal

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठग्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२१९ पटक

माघ २९, काठमाडौं – वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठग्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्णबहादुर जेठारा र राजकुमार लामा नामका दुई व्यक्ति काठमाडौं उपत्यकामा पक्राउ परेका हुन्।

डोटीको बडीकेदार गाउँपालिका–३ का २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३७ वर्षीय राजकुमार लामा पक्राउ परेका छन्। उनीहरूले पीडितहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठूलो रकम असुली गरेका थिए।

पूर्णबहादुरले ३ जना व्यक्तिबाट ९ लाख रुपैयाँ र राजकुमारले १ जना व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ असुलेर फरार भएका थिए। पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरेर आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौं महानगरपालिका–१४ र नागार्जुन नगरपालिका–२ बाट पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको जानकारी छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...