News Portal

डडेल्धुरा बस दुर्घटनाः मृत्यु हुनेको संख्या १६ पुग्यो, अझैं बढ्नसक्ने

हिमाली संचार संवाददाता
६०७ पटक

करन ताम्राकार

डडेल्धुरा – डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटना दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।  डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइन स्थित भाडामा लिइएको पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको र २५ जनाभन्दा बढी घाइते भएको जिल्ला पहरी कार्यालयका डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए ।

बिहीवार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । मेला सकेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

बसमा करिब ३५ जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको उनले बताए । मृत्यु हुनेमा धेरै बालबालिका रहेको र मृतकको संख्या बढ्न सक्ने डिएसपी केसीले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपीको नेतृत्वमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...