News Portal

  • रंगेलीमा पाठेघरको क्यान्सरविरुद्ध खोप सञ्चालन

    मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ।

    रबिन्द्र बराल
    १७९ पटक

    मोरङ, माघ २९ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ।

    राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका-स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम गर्दै खोप सञ्चालन गरिएको जनाइएको छ।

    पाठेघरको मुखको क्यान्सरको अवस्था, यसको रोकथामका लागि आवश्यक एचपीभी खोप, र अभियानको महत्वबारे जानकारी दिँदै नगरभरिका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउन सुरु गरिएको छ।

    सामुदायिक र संस्थागत विद्यालयका २७२६ विद्यार्थीलाई खोप लगाउन थालिएको छ। दोस्रो चरणमा विद्यालयबाहिरका बालिकाहरूलाई समेत खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिएका छन्।

    माघ २७ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। नगरपालिकाभित्र ४४ खोप केन्द्र रहेका छन्, जसअन्तर्गत सबै विद्यालयमा खोप अभियान सुरु गरिएको छ।

    नगरभरिका आदर्श माध्यमिक विद्यालय, पब्लिक उच्च माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, मिनिल्याण्ड बोर्डिङ स्कुल, सनगेलरी बोर्डिङ स्कुल लगायतका विद्यालयमा खोप अभियान सञ्चालन भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १० गतेको राशिफल

    आज मंसिर १०, २०८२ (नोभेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...