News Portal

रंगेलीमा पाठेघरको क्यान्सरविरुद्ध खोप सञ्चालन

मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ।

रबिन्द्र बराल
२६२ पटक

मोरङ, माघ २९ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ।

राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका-स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम गर्दै खोप सञ्चालन गरिएको जनाइएको छ।

पाठेघरको मुखको क्यान्सरको अवस्था, यसको रोकथामका लागि आवश्यक एचपीभी खोप, र अभियानको महत्वबारे जानकारी दिँदै नगरभरिका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउन सुरु गरिएको छ।

सामुदायिक र संस्थागत विद्यालयका २७२६ विद्यार्थीलाई खोप लगाउन थालिएको छ। दोस्रो चरणमा विद्यालयबाहिरका बालिकाहरूलाई समेत खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिएका छन्।

माघ २७ गतेदेखि फागुन २ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। नगरपालिकाभित्र ४४ खोप केन्द्र रहेका छन्, जसअन्तर्गत सबै विद्यालयमा खोप अभियान सुरु गरिएको छ।

नगरभरिका आदर्श माध्यमिक विद्यालय, पब्लिक उच्च माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, मिनिल्याण्ड बोर्डिङ स्कुल, सनगेलरी बोर्डिङ स्कुल लगायतका विद्यालयमा खोप अभियान सञ्चालन भइरहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...