News Portal

साउदी युवराज बिन सलमानलाई राजा बन्न नदिने षडयन्त्र

हिमाली संचार संवाददाता
६११ पटक

साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको जाँच अब प्रत्यक्षरुपमा साउदी शाह परिवारमा पुगेको छ । परिवारका केही सदस्य युवराज मोहम्मद बिन सलमानलाई राजा बन्नबाट रोक्ने षडयन्त्रमा लागेका छन् ।

परिवारका एक सदस्यले दिएको जानकारीअनुसार दर्जनभन्दा बढी राजकुमारहरु शक्तिशाली उत्तराधिकारी देख्न चाहन्छन् ।

यद्यपि स्रोतकाअनुसार साउदी राजा सलमान भएसम्म यस्तो हुन नसक्ने देखिएको छ । राजा सलमानको मृत्युपछि उनका भाइ ७६ वर्षीय अब्दुल्लाह बिन अब्लुलजीज राजा बन्न सक्नेछन् । करिब डेढ महिना विदेशमा रहेका उनी अक्टोबरमा साउदी फर्किएका छन् । उनले विदेश भ्रमणको क्रममा साउदी सरकारको आलोचना गरेका थिए ।

यस विषयमा अदमद या उनको कुनै पनि नजिकको सम्बन्ध रहेका मानिसहरुले भने केही बताएका छैनन् । साथै अधिकारीहरुले पनि यसबारे टीप्पणी गरेका छैनन् । साउदी स्रोतका अनुसार अमेरिकी वरिष्ठ अधिकारीले अहमद राजा बनेको खण्डमा आफ्नो समर्थन रहने बताएका थिए ।

अहमद ४० वर्षदेखि आन्तरिक उपमन्त्री रहँदै आएका छन् । युवराजको सूचीमा उनको नाम पनि अगाडि थियो । अमेरिकी स्रोतका अनुसार खाशोग्गी हत्यामा युवराजको हात रहेको र अमेरिकी सांसदहरुले पनि दबाब दिइरहेको भए पनि अमेरिका युवराजसँग दूरी बढाउने पक्षमा भने छैन । एजेन्सी

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...