News Portal

पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना, दुई जनाको दुखद निधन

पोखरा लेकसाइडमा आइतबार भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।

संगीता गुरुङ
२२१ पटक

पोखरा, माघ २७ – पोखरा लेकसाइडमा आइतबार भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। सहिदचोकतर्फ गइरहेको मोटरसाइकल अचानक नियन्त्रण गुमाउँदै पोलमा ठोक्किँदा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका हुन्।

बैदाम प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरू कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र सिमलचौरका २० वर्षीय सुजल अधिकारी रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...