News Portal

पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना, दुई जनाको दुखद निधन

पोखरा लेकसाइडमा आइतबार भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।

संगीता गुरुङ
३२८ पटक

पोखरा, माघ २७ – पोखरा लेकसाइडमा आइतबार भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। सहिदचोकतर्फ गइरहेको मोटरसाइकल अचानक नियन्त्रण गुमाउँदै पोलमा ठोक्किँदा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका हुन्।

बैदाम प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरू कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र सिमलचौरका २० वर्षीय सुजल अधिकारी रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...