News Portal

उत्कृष्ट शिक्षक सम्मान तथा ३५० विद्यार्थीलाई न्यानो कपडा वितरण

मोरङको सुनवर्षी नगरपालिका-५ ले वडाका सामुदायिक विद्यालयका सात जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ भने वडा कार्यालयले वडाका ३५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

रबिन्द्र बराल
२२९ पटक

मोरङ, २७ माघ – मोरङको सुनवर्षी नगरपालिका-५ ले वडाका सामुदायिक विद्यालयका सात जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ।

सम्मानित शिक्षकहरूमा श्री जनता आ.वि. का शोभा लामिछाने, गौरी कुमारी साह, श्री विष्णु आ.वि. का पुष्पराज आचार्य, अम्बिका कटुवाल, श्री रामजानकी आ.वि. की लक्ष्मी कुमारी नायक, गुलेश्वरी आ.वि. की अमृता ठाकुर तथा मोहम्मदिया मदरसा का बदरदिन मियाँ रहेका छन्।

वडा अध्यक्ष ठाकुरले भने, “मेरो पहिलो प्राथमिकता शिक्षा नै हो। विद्यार्थीहरू हाम्रो भविष्य हुन्, र तिनीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षकहरूलाई सम्मान गर्न पाउँदा खुसी छु। यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जानेछु।”

कार्यक्रमका प्रमुख अतिथि सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशीले शिक्षक सम्मान तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम अत्यन्त सराहनीय भएको बताए। उनले भने, “वडा-५ का अध्यक्ष तथा उहाँको टिमलाई धन्यवाद दिन चाहन्छु। यस कार्यक्रमले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

त्यसैगरी, वडा कार्यालयले वडाका ३५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। कार्यक्रममा मेयर राजबंशीसहित उपमेयर मिरादेवी दास, प्रमुख प्रशासकीय अधिकृत किशोर मण्डल, वडा सचिव अभिमन्यु दास, वडा सदस्यहरू, समाजसेवी कमलेश्वर ठाकुर लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...