News Portal

उत्कृष्ट शिक्षक सम्मान तथा ३५० विद्यार्थीलाई न्यानो कपडा वितरण

मोरङको सुनवर्षी नगरपालिका-५ ले वडाका सामुदायिक विद्यालयका सात जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ भने वडा कार्यालयले वडाका ३५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

रबिन्द्र बराल
१९० पटक

मोरङ, २७ माघ – मोरङको सुनवर्षी नगरपालिका-५ ले वडाका सामुदायिक विद्यालयका सात जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ।

सम्मानित शिक्षकहरूमा श्री जनता आ.वि. का शोभा लामिछाने, गौरी कुमारी साह, श्री विष्णु आ.वि. का पुष्पराज आचार्य, अम्बिका कटुवाल, श्री रामजानकी आ.वि. की लक्ष्मी कुमारी नायक, गुलेश्वरी आ.वि. की अमृता ठाकुर तथा मोहम्मदिया मदरसा का बदरदिन मियाँ रहेका छन्।

वडा अध्यक्ष ठाकुरले भने, “मेरो पहिलो प्राथमिकता शिक्षा नै हो। विद्यार्थीहरू हाम्रो भविष्य हुन्, र तिनीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षकहरूलाई सम्मान गर्न पाउँदा खुसी छु। यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जानेछु।”

कार्यक्रमका प्रमुख अतिथि सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशीले शिक्षक सम्मान तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम अत्यन्त सराहनीय भएको बताए। उनले भने, “वडा-५ का अध्यक्ष तथा उहाँको टिमलाई धन्यवाद दिन चाहन्छु। यस कार्यक्रमले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

त्यसैगरी, वडा कार्यालयले वडाका ३५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। कार्यक्रममा मेयर राजबंशीसहित उपमेयर मिरादेवी दास, प्रमुख प्रशासकीय अधिकृत किशोर मण्डल, वडा सचिव अभिमन्यु दास, वडा सदस्यहरू, समाजसेवी कमलेश्वर ठाकुर लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...