News Portal

काठमाडौंमा ठगी आरोपमा एक युवक पक्राउ

काठमाडौं प्रहरीको विशेष टोलीले तीन वटा ठगी कसुरमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२१२ पटक

काठमाडौं, २५ माघ – काठमाडौं प्रहरीको विशेष टोलीले तीन वटा ठगी कसुरमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति नुवाकोट, बिदुर नगरपालिका–११ का २६ वर्षीय सुवास चालिसे हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

चालिसेविरुद्ध विभिन्न तीन ठगी अभियोगमा उजुरी परेका थिए। प्रहरी वृत्त दरबारमार्गमा ३ लाख ६१ हजार, परिसर काठमाडौंमा २ लाख ७५ हजार र वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा ८६ हजार रुपैयाँको ठगी आरोप छ।

प्रहरीले चालिसेविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइसकेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...