News Portal

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।

संगीता गुरुङ
२४२ पटक

माघ २५, बर्दिया – बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका-७ की ५१ वर्षीया जुनाकुमारी लामिछाने शुक्रबार बिहान बाख्रा चराउन गएका बेला चितुवाको आक्रमणमा परेकी थिइन्।

प्रहरीका अनुसार, बिहान करिब ११ बजे नेपाल-भारत सीमाक्षेत्रमा बाख्रा चराइरहेकी लामिछानेमाथि चितुवाले एक्कासि आक्रमण गरेको थियो। उनको चितुवासँग जुध्ने क्रममा गम्भीर चोट लागेको थियो।

आक्रमण देखेपछि स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा भागे पनि लामिछाने गम्भीर अवस्थामा थिइन्। उनलाई तत्कालै जिल्ला अस्पताल गुलरिया लगिएको थियो, तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीलाई दिउँसो १:३० बजेतिर मात्रै जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।

स्थानीय प्रशासनले घटनाको अनुसन्धान अघि बढाइसकेको छ भने वन्यजन्तु नियन्त्रणका लागि आवश्यक उपाय अपनाइने बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...