News Portal

सैफ अली खानमाथि आक्रमण गरेको आरोपित शरीफुल इस्लामको औँलाको छाप मेल खाएको पुष्टि

सैफ अली खानमाथि आक्रमण गरेको आरोपित शरीफुल इस्लामको औँलाको छाप मेल खाएको पुष्टि भएको छ।

संगीता गुरुङ
२९० पटक

नयाँ दिल्ली, माघ २५ – बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामका केही औँलाका छाप सैफको घरबाट लिइएका नमुनासँग मेल खाएका छन्।

१५ जनवरीको रातमा सैफको घरमा भएको आक्रमणको घटनामा मुम्बई प्रहरीले जनवरी २२ मा आरोपीका औँठाछाप र अन्य नमुनाहरू सङ्कलन गरेर सीआईडी प्रयोगशालामा पठाएको थियो।

प्राप्त जानकारीअनुसार, फिङ्गरप्रिन्ट परीक्षण रिपोर्टले शरीफुल इस्लामको औँलाका छापहरू सैफको घरबाट लिइएका नमुनासँग मेल खाएको देखाएको छ। प्रहरी अन्तिम रिपोर्टको पर्खाइमा छन्।

सैफका दुई महिला कर्मचारीले ६ फेब्रुअरीमा शरीफुलको पहिचान पुष्टि गरेका थिए। उनीहरूले आक्रमणको समयमा सैफका कोठामा उपस्थित एरियाना फिलिप र जुनुलाई मुम्बईको आर्थर रोड जेलमा अभियुक्तको पहिचान गर्न बोलाइएको थियो।

तर, शरीफुलका बुबा र उनका वकिलले सीसीटीभी फुटेजमा देखिएका व्यक्तिको पहिचान नगरेको दाबी गर्दै, प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको आरोप लगाएका छन्।

प्रहरीले चेहरा पहिचान परीक्षण गरेर सीसीटीभी फुटेजमा देखिएका व्यक्ति र शरीफुल इस्लामको अनुहारको मिलान गरेको थियो। यसैबीच, प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् कि प्राविधिक प्रमाणहरू जस्तै सीसीटीभी फुटेज, मोबाइल फोन लोकेशन र इन्टरनेट प्रोटोकल डिटेल्सले शरीफुल इस्लामलाई आक्रमणको वास्तविक अभियुक्तको रूपमा प्रमाणित गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...