News Portal

सैफ अली खानमाथि आक्रमण गरेको आरोपित शरीफुल इस्लामको औँलाको छाप मेल खाएको पुष्टि

सैफ अली खानमाथि आक्रमण गरेको आरोपित शरीफुल इस्लामको औँलाको छाप मेल खाएको पुष्टि भएको छ।

संगीता गुरुङ
३६४ पटक

नयाँ दिल्ली, माघ २५ – बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामका केही औँलाका छाप सैफको घरबाट लिइएका नमुनासँग मेल खाएका छन्।

१५ जनवरीको रातमा सैफको घरमा भएको आक्रमणको घटनामा मुम्बई प्रहरीले जनवरी २२ मा आरोपीका औँठाछाप र अन्य नमुनाहरू सङ्कलन गरेर सीआईडी प्रयोगशालामा पठाएको थियो।

प्राप्त जानकारीअनुसार, फिङ्गरप्रिन्ट परीक्षण रिपोर्टले शरीफुल इस्लामको औँलाका छापहरू सैफको घरबाट लिइएका नमुनासँग मेल खाएको देखाएको छ। प्रहरी अन्तिम रिपोर्टको पर्खाइमा छन्।

सैफका दुई महिला कर्मचारीले ६ फेब्रुअरीमा शरीफुलको पहिचान पुष्टि गरेका थिए। उनीहरूले आक्रमणको समयमा सैफका कोठामा उपस्थित एरियाना फिलिप र जुनुलाई मुम्बईको आर्थर रोड जेलमा अभियुक्तको पहिचान गर्न बोलाइएको थियो।

तर, शरीफुलका बुबा र उनका वकिलले सीसीटीभी फुटेजमा देखिएका व्यक्तिको पहिचान नगरेको दाबी गर्दै, प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको आरोप लगाएका छन्।

प्रहरीले चेहरा पहिचान परीक्षण गरेर सीसीटीभी फुटेजमा देखिएका व्यक्ति र शरीफुल इस्लामको अनुहारको मिलान गरेको थियो। यसैबीच, प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् कि प्राविधिक प्रमाणहरू जस्तै सीसीटीभी फुटेज, मोबाइल फोन लोकेशन र इन्टरनेट प्रोटोकल डिटेल्सले शरीफुल इस्लामलाई आक्रमणको वास्तविक अभियुक्तको रूपमा प्रमाणित गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...