News Portal

ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट, अनुसन्धान जारी

काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीलाई मध्यराति कुटपिटको शिकार बनेका छन्।

संगीता गुरुङ
३१० पटक

काठमाडौं, माघ २५ – काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीलाई मध्यराति कुटपिटको शिकार बनेका छन्।

प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटाइएको थियो। उनीहरू राउण्ड अपको लागि काठमाडौं महानगर-२७, ज्याठास्थित छायाँ सेन्टर अगाडि पुगेका थिए।

त्यतिबेला ६/७ जनाको समूह सडकमा आपत्तिजनक शब्दहरू बोल्दै हिँडिरहेको थियो, जसलाई प्रहरीले सम्झाउन प्रयास गरेपछि उक्त समूहले उनीहरूमाथि कुटपिट गरेको एसपी अपिलराज बोहोराले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा कुटपिट गर्ने समूहका सदस्यहरू अस्कल क्याम्पसका विद्यार्थीहरू भएको खुलासा भएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी सिसिटिभी फुटेजको माध्यमबाट भइरहेको प्रहरीले जनाएको छ।

कुटपिटमा प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट लागेको छ भने जवान विष्टको दायाँ आँखा मुनि सुन्निएको छ। दुवैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...