News Portal

मध्य प्रदेशमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलटहरू सुरक्षित

भारतको मध्य प्रदेशस्थित शिवपुरी जिल्लाको नरवर क्षेत्रमा आज भारतीय वायुसेनाको मिराज २००० लडाकु विमान दुर्घटनाग्रस्त भएको छ भने विमानमा रहेका दुवै पाइलट सकुशल रहेको सञ्चार माध्यमहरूले जनाएका छन्।

संगीता गुरुङ
२३६ पटक

माघ २४, नयाँदिल्ली – भारतको मध्य प्रदेशस्थित शिवपुरी जिल्लाको नरवर क्षेत्रमा आज भारतीय वायुसेनाको मिराज २००० लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। नियमित प्रशिक्षण उडानका क्रममा विमान अचानक समस्या आएपछि पाइलटहरूले खुला स्थानमा आपतकालीन अवतरण गर्न प्रयास गरेका थिए।

विमानमा रहेका दुवै पाइलट सकुशल रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको बताइएको छ।

भारतीय रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...