News Portal

विदेशी रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा ठगी गर्ने तीन जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३०३ पटक

माघ २४, काठमाडौँ – वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा ठगी गर्ने तीन जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ का २७ वर्षीय हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका-२ का ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका-७ का ३५ वर्षीय दीपेश महतो रहेका छन्।

हिमकलाले सर्विया पठाइदिन्छु भन्ने प्रलोभनमा एक जनाबाट ८० हजार रुपैयाँ, बलरामले न्युजिल्याण्ड पठाइदिन्छु भन्ने ठगीमा एक जनाबाट १ लाख रुपैयाँ र दीपेशले मलेसिया पठाइदिन्छु भन्दै चार जनाबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ती तीन जनालाई पक्राउ गरेको हो। हिमकला र बलरामलाई बुधबार र दीपेशलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएर थप अनुसन्धान गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...