News Portal

विदेशी रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा ठगी गर्ने तीन जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२३५ पटक

माघ २४, काठमाडौँ – वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा ठगी गर्ने तीन जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ का २७ वर्षीय हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका-२ का ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका-७ का ३५ वर्षीय दीपेश महतो रहेका छन्।

हिमकलाले सर्विया पठाइदिन्छु भन्ने प्रलोभनमा एक जनाबाट ८० हजार रुपैयाँ, बलरामले न्युजिल्याण्ड पठाइदिन्छु भन्ने ठगीमा एक जनाबाट १ लाख रुपैयाँ र दीपेशले मलेसिया पठाइदिन्छु भन्दै चार जनाबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ती तीन जनालाई पक्राउ गरेको हो। हिमकला र बलरामलाई बुधबार र दीपेशलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएर थप अनुसन्धान गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...