News Portal

बुटवलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको निधन

बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

संगीता गुरुङ
२३८ पटक

२४ माघ, बुटवल – बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो।

घटनामा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४६ वर्षीय उमेश भण्डारी गम्भीर घाइते भए र उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।

घटनापछि, प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिइसकेको छ, र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...