News Portal

नुवाकोटमा बस दुर्घटना, मोटरसाइकल जोगाउँदा चालकको मृत्यु

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

संगीता गुरुङ
२५७ पटक

माघ २३, नुवाकोट – त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा आज बिहान एक यात्रुवाहक बस दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार, विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए।

प्रहरीका अनुसार, दुर्घटनामा परेर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका छन्। बस चालक मोटरसाइकल जोगाउनको प्रयास गर्दा बस भित्तामा ठोक्किएर ढुंगामा पल्टिएको हो।

दुर्घटनामा करीब १६ देखि १७ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना लगभग २ बजेको समयमा भएको हो र थप जानकारी र अनुसन्धान भने जारी छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...