News Portal

सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नगरे प्रतिबन्ध लगाइने: सञ्चारमन्त्री गुरूङ

सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नगरे प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

संगीता गुरुङ
२१६ पटक

काठमाडौं, माघ २३ – नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता अनिवार्य बनाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सव कार्यक्रममा यस सम्बन्धी टिप्पणी गर्दै, दर्ता नगरेमा तिनीहरूलाई प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

मन्त्री गुरूङका अनुसार, टिकटक बाहेक अन्य कुनै पनि प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूले अहिलेसम्म दर्ता प्रक्रियामा भाग नलिएका छन्। उनले भने, “यसअघि पनि हामीले यस विषयमा धेरै पटक आग्रह गरेका छौँ। अब पनि दर्ता नगरे ती प्लेटफर्मलाई नेपालमा सञ्चालन गर्न दिइने छैन,” उनले स्पष्ट पारे।

उनले भने कि नेपालमा व्यवसाय संचालन गर्ने यस्ता प्लेटफर्महरूले देशको कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ र यसका लागि सरकार उपयुक्त वातावरण निर्माण गर्नेछ। “नेपालमा पैसा कमाइरहेका छन्, तर कुनै सहयोग नगरी बसिरहेका छन्। अब हामी तिनीहरूको गतिविधि कानूनी रूपमा नियमन गर्नेछौँ,” उनले थपे।

सञ्चारमन्त्रीले नयाँ सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौता तयार पारिएको जानकारी पनि दिएका छन्। उक्त विधेयक आगामी संसद अधिवेशनमा पेस गरिनेछ र त्यसपछि दर्ता नगरेका कुनै पनि सामाजिक सञ्जाललाई नेपालमा काम गर्न अनुमति नदिइने बताए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...