News Portal

अष्ट्रेलियाले चिनियाँ एआई कम्पनी डीपसिकमाथि प्रतिबन्ध, चीनको आपत्ति

अष्ट्रेलियाले चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरू सरकारी प्रणाली र उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाए पछि चिनियाँ एआई विज्ञहरूले कडा आपत्ति जनाएका छन्।

संगीता गुरुङ
२०२ पटक

माघ २३, बेइजिङ – अष्ट्रेलियाले चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरू सरकारी प्रणाली र उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। यो कदमप्रति चिनियाँ एआई विज्ञहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले यसलाई वैचारिक रूपमा प्रेरित निर्णय भन्दै आलोचना गरेका छन्।

अष्ट्रेलियाली सञ्चारमाध्यम एबीसीका अनुसार, अष्ट्रेलियाली संघीय सरकारले डीपसिकलाई कम्प्युटर र मोबाइल उपकरणहरूमा प्रयोग गर्न अस्वीकार्य ठहर गर्दै प्रतिबन्ध लगाएको हो। सरकारले यसलाई ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’को रूपमा चित्रण गरेको छ। यसअघि इटालीले पनि डीपसिकमाथि प्रतिबन्ध लगाएको थियो।

नयाँ प्रतिबन्ध अनुसार, अष्ट्रेलिया पोस्ट र एबीसी जस्ता केही संस्थाहरू बाहेकका सबै सरकारी निकायहरूलाई डीपसिक–सम्बद्ध उत्पादनहरू तुरुन्तै हटाउन निर्देशन दिइएको छ।

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार, यो निर्णय चीनमा बनेको प्रविधि भएका कारण नभई ‘सरकारी प्रणाली र सम्पत्तिको सुरक्षा’लाई ध्यानमा राखेर गरिएको हो। यसअघि नासा, पेन्टागन लगायत अमेरिकी संघीय एजेन्सीहरूले समेत डीपसिकमाथि प्रतिबन्ध लगाएका थिए।

चिनियाँ एआई विज्ञहरूले अष्ट्रेलियाको यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बेइजिङ युनिभर्सिटी अफ पोस्ट एण्ड टेलिकम्युनिकेसनका एआई विज्ञ लिउ वेईले अष्ट्रेलियाको कदम प्राविधिक चिन्ताभन्दा पनि विचारधारात्मक भेदभावबाट प्रेरित भएको आरोप लगाए।

उनको भनाइमा, यदि अष्ट्रेलियाले साँच्चै राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेको भए ओपनएआई लगायतका अमेरिकी कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाउनु पर्थ्यो। तर, अष्ट्रेलियाली सरकारले अमेरिकी कम्पनीहरू विरुद्ध कुनै कदम नचालेको भन्दै उनले आलोचना गरेका छन्।

विशेषज्ञहरूका अनुसार, अमेरिकी संघीय एजेन्सीहरूले चिनियाँ प्रविधिलाई नियन्त्रण गर्न चालेका कदमपछि अष्ट्रेलिया पनि दबाबमा परेको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...