News Portal

साइबर ठगी प्रकरण: नक्कली इमेल प्रयोग गर्ने दुई जना पक्राउ

प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै साइबर ब्युरोको नक्कली इमेल प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

संगीता गुरुङ
२६८ पटक

माघ २२, काठमाडौँ— प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै साइबर ब्युरोको नक्कली इमेल प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादवलाई ठगीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। साइबर ब्युरोका अनुसार, उनीहरूले पीडितहरूलाई डर त्रास देखाएर रकम असुली गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठगीमा संलग्न रहेको पुष्टि भएको थियो।

ब्युरोको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ। हाल अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...