News Portal

बेलायती राजकुमार दम्पती नेपालको औपचारिक भ्रमणमा, आजै राष्ट्रपति पौडेलसँग भेट्ने

बेलायती राजकुमार दम्पती नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्ने छन् भने राष्ट्रपति रामचन्द्र पौडेलसँग आज साँझ शीतल निवासमा भेटवार्ता गर्ने तय भएको छ।

संगीता गुरुङ
३४७ पटक

२२ माघ, काठमाडौं – बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। उनीहरूले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने तय भएको छ।

उच्च सुरक्षा स्रोतका अनुसार राजकुमार एडवार्ड बिहान १०:३० बजे भारत हुँदै नेपाल आउनेछन् भने सोफिया दिउँसो करिब २ बजे काठमाडौं ओर्लनेछिन्। नेपाल आइपुगेपछि उनीहरू लैनचौरस्थित बेलायती राजदूतावास जानेछन्।

भ्रमण तालिका अनुसार बेलायती राजकुमार दम्पती दिउँसो ४:१५ बजे शीतल निवास पुग्नेछन्, जहाँ राष्ट्रपति पौडेलसँग भेटघाट गर्नेछन्। त्यसपछि पुनः लैनचौर फर्कने कार्यक्रम रहेको छ।

छ दिनसम्म नेपाल रहने क्रममा उनीहरूले विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। भ्रमणको दौरान उनीहरू पोखरास्थित ब्रिटिश गोर्खा क्याम्प जाने छन्, जहाँ हालै बेलायती सेनामा छनोट भएका नेपाली जवानहरूको ब्याज वितरण समारोहमा सहभागी हुनेछन्।

त्यसैगरी, नेपाली सेनाको हेलिकप्टरमार्फत अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्ने कार्यक्रम पनि तय भएको छ।

बेलायती राजकुमार दम्पतीले नेपालमा स्वास्थ्य सेवा, महिला अधिकार तथा मानव बेचबिखनविरुद्ध काम गरिरहेका संस्थाहरूका प्रतिनिधिहरूसँग छलफल गर्नेछन्। सोफिया संयुक्त राष्ट्रसंघको महिला, शान्ति तथा सुरक्षा एजेन्डाकी च्याम्पियनसमेत रहेकी छिन्।

बकिङ्घम दरबारले यस भ्रमणलाई बेलायत-नेपालबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने अवसरको रूपमा लिएको बताइएको छ। साथै, युवाका अवसर, स्वास्थ्य सेवा, महिला तथा बालिकाहरूको समानता, जैविक विविधता र संरक्षणजस्ता साझा चासोलाई प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको छ।

बेलायती राजकुमार दम्पती माघ २७ गते साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...