News Portal

बेलायती राजकुमार दम्पती नेपालको औपचारिक भ्रमणमा, आजै राष्ट्रपति पौडेलसँग भेट्ने

बेलायती राजकुमार दम्पती नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्ने छन् भने राष्ट्रपति रामचन्द्र पौडेलसँग आज साँझ शीतल निवासमा भेटवार्ता गर्ने तय भएको छ।

संगीता गुरुङ
२६१ पटक

२२ माघ, काठमाडौं – बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। उनीहरूले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने तय भएको छ।

उच्च सुरक्षा स्रोतका अनुसार राजकुमार एडवार्ड बिहान १०:३० बजे भारत हुँदै नेपाल आउनेछन् भने सोफिया दिउँसो करिब २ बजे काठमाडौं ओर्लनेछिन्। नेपाल आइपुगेपछि उनीहरू लैनचौरस्थित बेलायती राजदूतावास जानेछन्।

भ्रमण तालिका अनुसार बेलायती राजकुमार दम्पती दिउँसो ४:१५ बजे शीतल निवास पुग्नेछन्, जहाँ राष्ट्रपति पौडेलसँग भेटघाट गर्नेछन्। त्यसपछि पुनः लैनचौर फर्कने कार्यक्रम रहेको छ।

छ दिनसम्म नेपाल रहने क्रममा उनीहरूले विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। भ्रमणको दौरान उनीहरू पोखरास्थित ब्रिटिश गोर्खा क्याम्प जाने छन्, जहाँ हालै बेलायती सेनामा छनोट भएका नेपाली जवानहरूको ब्याज वितरण समारोहमा सहभागी हुनेछन्।

त्यसैगरी, नेपाली सेनाको हेलिकप्टरमार्फत अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्ने कार्यक्रम पनि तय भएको छ।

बेलायती राजकुमार दम्पतीले नेपालमा स्वास्थ्य सेवा, महिला अधिकार तथा मानव बेचबिखनविरुद्ध काम गरिरहेका संस्थाहरूका प्रतिनिधिहरूसँग छलफल गर्नेछन्। सोफिया संयुक्त राष्ट्रसंघको महिला, शान्ति तथा सुरक्षा एजेन्डाकी च्याम्पियनसमेत रहेकी छिन्।

बकिङ्घम दरबारले यस भ्रमणलाई बेलायत-नेपालबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने अवसरको रूपमा लिएको बताइएको छ। साथै, युवाका अवसर, स्वास्थ्य सेवा, महिला तथा बालिकाहरूको समानता, जैविक विविधता र संरक्षणजस्ता साझा चासोलाई प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको छ।

बेलायती राजकुमार दम्पती माघ २७ गते साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...